२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा ७७ जना गुरूलाई सामूहिक सम्मान

sajilo news
झापा
२०८१ श्रावण ६ गते , आईतबार
भद्रपुरमा ७७ जना गुरूलाई सामूहिक सम्मान

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले गुरु पूर्णिमाको अवसर पारेर शिक्षण सेवामा जीवन समर्पण गरेका ७७ जना गुरुहरूलाई सामूहिक सम्मान गरेका छन् । २०५४ सालको एसएलसी समूहका विद्यार्थीहरूको सामूहिक प्रयासमा शिक्षण सम्बद्ध तीन पुस्तासम्मका गुरु—गुरुआमाहरूलाई सम्मान गरिएको हो ।

वि।सं २००२ सालमा स्थापना भएको भद्रपुर माविमा रहेर पठनपाठनमा जीवन समर्पण गरेका गुरु—गुरुआमाहरूलाई झन्डै ३९ वर्षपछि पुनर्मिलन गराइ गुरु सम्मान गरिएको जनाइएको छ ।

‘साथी सुखमा पनि दुःखमा पनि’ नामक संस्थामार्फत भद्रपुरका १० वटा विद्यालयबाट दिवङ्गत गुरुका प्रतिनिधिसहित ७७ जना गुरुहरूको सहभागिता थियो । छरिएर रहेका सेवा निवृत्त शिक्षकहरूले सो कार्यक्रमको माध्यमबाट सहकर्मी साथीहरूसँग भेट गर्ने अवसर समेत जुराइदिएको पूर्व विद्यार्थी गोपेश बर्मनले जानकारी दिए ।

सम्बन्धित समाचार