२०८३ असार ३ गते , बुधबार

दमकमा आगलागी, २५ लाख बराबरको क्षति

sajilo news
झापा
२०८१ श्रावण ५ गते , शनिबार
दमकमा आगलागी, २५ लाख बराबरको क्षति

दमकमा भएको आगलागीबाट २५ लाख बराबरको क्षति भएको छ ।

शुक्रबार साँझ ५.२० बजेको समयमा दमक नगरपालिका ६ बस्ने अशोक श्रेष्ठको ४ तले पक्की घरमा वडा नम्बर ७ बस्ने ४७ वर्षीय संजय रौनियारले भाडामा लिई संचालन गर्दै आएको कपडाको गोदाममा आगलागी भएको हो । दोस्रो तलाको पूर्वपट्टिको कपडाको गोदाममा अचानक बिद्युतको लाईन सर्ट भई आगलागी हुँदा गोदाममा रहेका साडी र थान कपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा साँझ ५ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार