२०८३ असार ३ गते , बुधबार

बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

sajilo news
एजेन्सी
२०८१ श्रावण ४ गते , शुक्रबार
बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

ढाका ।  प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ।

स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए।​

बिटिभीको प्रमाणित फेसबुक पेजमा आगो ‘विनाशकारी’ र ‘तीव्ररूपमा फैलिरहेको’ उल्लेख छ। प्रसारकले भनेको छ, “हामीले अग्निशमन सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिस भित्र फसेका छन्।”

बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारवाहीलाई तीव्र बनाएको छ। यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार