२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा एक घर एक बिरुवा अभियान सुरु

sajilo news
झापा
२०८१ श्रावण ४ गते , शुक्रबार
भद्रपुरमा एक घर एक बिरुवा अभियान सुरु

झापाको भद्रपुरमा एक घर एक बिरुवा अभियान सुरु भएको छ। भद्रपुर नगरपालिकाको आयोजनामा सञ्चालित अभियान अन्तर्गत बिहीबार ४५० वटा बिरुवा रोपिएको छ।

भद्रपुर नगरपालिका-२ स्थित सिता चौकदेखि देबीवस्ती टोलसम्म भर्खरै निर्माण गरिएको कालोपत्रे सडकको दाइया बायाँ साइडमा करिब ४५० बिरुवाहरू रोपिएको हो । सो सडक सङ्घीय सरकारको योजनामा बनाइएको हो । कार्यक्रममा बोल्दै भद्रपुर नगर प्रमुख गणेश पोखरेलले नगरपालिकाले एक घर एक बिरुवा अभियान सुरु गरेको बताए ।

विश्वभर बढ्दो जलवायु परिवर्तनलाई लक्षित गरी नगरपालिकाले एक घर एक बिरुवा अभियानको सुरुवात गरेको बताउँदै उनले भने, ]अहिले नगरभित्र बन्दै गरेको सडक किनारमा वृक्षारोपण सुरु गरेका छौँ, सडक किनारमा लगाइएको बिरुवाको संरक्षण सम्बन्धित घरधनीले गरे नगर हरियाली हुनेमा आफू विश्वस्त छु ।' 

कार्यक्रममा २ नम्बर वडा अध्यक्ष रामबहादुर कँडेल, वडा सदस्य, स्थानीयबासीहरुको उपस्थितमा  वृक्षारोपण गरिएको नगर प्रमुखका स्वकीय सचिव राजा मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार