२०८३ असार ३ गते , बुधबार

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कचनकवल गाउँपालिकामा अनियमितता, परे अख्तियारमा उजुरी

sajilo news
झापा
२०८१ श्रावण ४ गते , शुक्रबार
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कचनकवल गाउँपालिकामा अनियमितता, परे अख्तियारमा उजुरी

दक्षिणी झापाको कचनकवल गाउँपालिका भित्रका स्थानीय सडकहरूमा ग्राभेल हाल्नका लागि पालिकाबाट छुट्टाइएको २० लाख रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।

कचनकवल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ग्यास अमल मियाको संयोजन, रञ्जित लिम्बू, लेखनाथ खत्री वडाध्यक्षद्वय र पालिका कर्मचारीहरू साजन राई र केशव मैनाली सदस्य रहेको समितिले बर्खाको समयमा पालिकाका सडक मर्मत सम्भारका लागि मिक्स गिटी हाल्ने कार्यमा अनियमितता भएको शङ्का उब्जिएको भन्दै अख्तियारमा उजुरी परेको हो।

पालिकाले पहिले १० लाख खर्च गर्ने भनेता पनि समिति बनाएपछि २० लाख बराबरको खर्च गर्ने गरी शीर्षक छुट्टाइरहेको अवस्थामा प्रत्येक वडालाई छुट्टाछुट्टै रकम उपलब्ध गराइ काम गराउन भनी वडाध्यक्षहरूले सल्लाह दिँदा पालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले वडाध्यक्ष मियाको संयोजनमा पालिका भरको सडकमा गिटि हाल्ने कामको जिम्मेवारी दिएका थिए।

आजको मिति सम्मको स्थलगत निरीक्षण गर्दा जम्मा करिब ३०० हाराहारी ट्याक्टर मात्र गिट्टी हालिएको पाइएको पालिकाका एक जनप्रतिनिधिले बताएका छन्, जुन उल्लेखित बजेट भन्दा अत्यधिक न्यून हो।

उपभोक्ता समितिमा संयोजक अजमालले आफ्नो भाइ पैयुन मियालाई नै अध्यक्ष बनाएको र अन्य सदस्यहरू वडाध्यक्ष द्वय रञ्जित र लेखनाथको जानकारी बिना नै विभिन्न वडामा गिट्टी हालिएको जानकारी प्राप्त भएको छ। यस विषयमा विवाद आउन सुरु हुँदा आफूसँग सरसल्लाह नगरेको र मनोमानी गरेको भन्दै समितिबाट राजीनामा पनि दिन खोजेको एक वडाध्यक्षले बताए।
पालिकाका एक कर्मचारीका अनुसार गिटी हालेको र सो कामको रकम निकासाको लागि पालिकामा फाइल पुर्‍याएपछि यो कुरा बाहिर आएको हो।
स्थानीय सडकमा हालिएको भन्दा बढी रकम बुझ्न खोजेको भन्ने हल्ला पश्चात् सो विषयको अख्तियारमा उजुरी गरिएको हल्ला आएपछि फाइल पालिकाबाट फिर्ता निकालिएको स्रोतको दाबी छ।

वडाध्यक्षहरूलाई जिम्मा दिई बजेट छुट्टाउन माग गर्दा, पालिका अध्यक्षले वडा नं ३ को अध्यक्षको संयोजनमा समिति बनाएर सबै वार्डमा काम गराउन निर्देशन थिए। तर, उपभोक्ता समितिका सदस्यहरूले २० लाख बराबरको गिट्टी नहालेको समिति सदस्य मध्येका एक वडाध्यक्षले बताए। उनका अनुसार वडा सदस्यहरू बारम्बार बोली फेर्ने र हस्ताक्षर गरेको कागज विपरीत पनि बोल्ने गरेको छन्।

यो अनियमितताको छानबिन गर्न र कानुनी उपचारका लागि यथार्थ छानबिन गरिनुपर्ने उजुरीमा माग गरिएको छ। मिक्स गिट्टीका लागि विनियोजित बजेट रोक्का गर्न समेत अनुरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी निवेदन समेत दर्ता भएको छ। पालिकाबाट पनि हाल उपाध्यक्ष , इन्जिनियर लगायतको टिलोले स्थलगत थप निरीक्षण गरिरहेको स्थानीयले बताएका छन्।

वडाध्यक्षले पालिका सन्देशसँग गरिएको कुराकानीमा आफ्नो बचाउ गर्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन्। उनले भनेका छन् ” उजुरीकर्ताले वास्तविकता नबुझी उजुरी हालेका हुन् र आरोप पुष्टि भए कानुन बमोजिम सजाय भोग्न तयार छु” उनले भने।

सम्बन्धित समाचार