२०८१ चैत्र १३ गते , बुधबार
रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी

चितवनको भरतपुर महानगरपालिका-७ मा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न गएका टोली आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले बुधवार दिउँसो कब्जामा लिइ आगजनी गरेका छन्।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ।रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयले बिरोध गर्दै आएका छन्।