२०८३ असार ३ गते , बुधबार

कुवेत गएकी झापाकी जलिनाको सडक दुर्घटनामा परी मृत्यु

sajilo news
झापा
२०८१ श्रावण १ गते , मंगलबार
कुवेत गएकी झापाकी जलिनाको सडक दुर्घटनामा परी मृत्यु

कुवेतमा वैदेशिक रोजगारीमा गएकी एक नेपाली महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापा बिर्तामोड नगरपालिका–९ घर भएकी २६ वर्षीया जलिना तामाङको कुवेतको मंगाफ क्षेत्रमा बिहीबार सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

उनलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ । अल–जाजिरा कम्पनीमा कार्यरत उनी चार महिनाअघि कुवेत गएकी थिइन् । उनको एक छोरी र श्रीमान् रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार