२०८३ असार ३ गते , बुधबार

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ असार ३१ गते , सोमबार
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।  

दिउँसो पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार