२०८३ असार ३ गते , बुधबार

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ असार २९ गते , शनिबार
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, बागती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुनेछ। मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार