२०८३ असार ३ गते , बुधबार

म्याग्दीमा पहिरोले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु

sajilo news
रासस
२०८१ असार २८ गते , शुक्रबार
म्याग्दीमा पहिरोले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु

म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। घर पुरिँदा  तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारीको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए। 

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ। 

जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

सम्बन्धित समाचार