२०८३ असार ३ गते , बुधबार

त्रिशुलीमा दुईवटा यात्रुबाहक बस खस्यो, चालकसहित ६५ जना बेपत्ता

sajilo news
झापा
२०८१ असार २८ गते , शुक्रबार
त्रिशुलीमा दुईवटा यात्रुबाहक बस खस्यो, चालकसहित ६५ जना बेपत्ता

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५  जना रहेका छन्। 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान स् बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका  रासस समाचारमा उल्लेख छ। 

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ुहामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।ु उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए।   

सम्बन्धित समाचार