२०८३ असार ३ गते , बुधबार
नहरमा डुबेर एक व्यक्तिको मृत्यु
मोरङको रतुवामाई नगरपालिका– १० स्थित कट्नु नहरको पानीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कालो सर्ट, सेतो हाफपाईन्ट लगाएको हेर्दा तराईवासीजस्तो देखिने तत्काल नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष ४०–४१ को पुरुष मृत अवस्थामा फेला परेको हो । घोप्टो परेर डुबेको मृतकलाई देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी इटहरीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय सिजुवाबाट टोली खटिगई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।