२०८१ पौष २९ गते , सोमबार

झापामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुर्घटना, एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ असार २७ गते , विहीबार
झापामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुर्घटना, एक जनाको मृत्यु

झापाको पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।  गौरादह– १ सितापुरीस्थित पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा बिहीबार बिहानको राति १ बजे पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । 
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार भारत झारखण्ड राज्य गोडा स्थायी ठेगाना भई नेपाल पाहुना आएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनको टाउकोमा चोट लागेकोले निम्स अस्पताल दमक लगिएको र उपचारको क्रममा चिकित्सकले बिहान साढे २ बजे मृतक घोषणा गरेका थिए । मोटरसाइकल चालक गौरादह १ निवासी ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार