२०८३ बैशाख २४ गते , विहीबार
झापामा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ
झापामा सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । मेचीनगर नगरपालिका- ११ बस्ने ५४ वर्षीय बन काइँलो भनिने नरबहादुर भुजेल त्यति लामो समयपछि पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी निरीक्षक रोहितकुमार शर्मा नेतृत्वको टोलीले बुधवार पक्राउ गरेको हो ।
उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सवारी ज्यानको पेन्डीङ मुद्दा अन्तरगत २०६२ फागुन ९ गतेबाट उनी फरार रहेका थिए ।