२०८३ असार ३ गते , बुधबार

बस कुदाउँदा कुदाउँदै चालकको मृत्यु

sajilo news
झापा
२०८१ असार २७ गते , विहीबार
बस कुदाउँदा कुदाउँदै चालकको मृत्यु

विराटनगर महानगरपालिका– ९ बसपार्कस्थित कोशी लोक मार्गमा बस कुदाउँदा कुदाउँदै चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजे कोशी लोकमार्गमा महेन्द्र चोकबाट रानीतर्फ जाँदै गरेको को १ ख ४३६१ नम्बरको बसको चालक विराटनगर–३ बस्ने ३१ वर्षीय अभिशेख भुजेलको त्यसरी अचानक मृत्यु भएको हो ।

गाडी चलाइरहेको अवस्थामा अचानक स्वास्थ्यमा असहज भई गाडी रोकी उपचारको लागि सप्तकोसी अस्पताल विराटनगर लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका बारेमा वडा प्रहरी कार्यालय विराटनगरबाट टोली खटिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार