२०८१ चैत्र १३ गते , बुधबार
कचनकवलका वडा अध्यक्षमाथि हातपात

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका वडा अध्यक्षमा माथि हातपात गरिएको छ । कचनकवल ५ नम्बर वडा अध्यक्ष नुर आलम मियाँमाथि हातपात भएको हो ।
स्थानीय रहिमुदिन मियाँको परिवारमा भएको घरायसी विवादलाई लिएर दुवै पक्षलाई मेलमिलापका लागि छलफलमा बोलाइएको थियो । सोही छलफलमा आलमलाई हातपात भएको आरोप लगाइएको छ । हातपातबाट उनी घाइते भएका छन् । उनको हाल ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ।