२०८३ बैशाख २३ गते , बुधबार

गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

sajilo news
एजेन्सी
२०८१ असार २६ गते , बुधबार
गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

पूर्वओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। गम्भीर सन् २००७ मा टी ट्वेन्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गम्भीरलाई नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। 

गम्भीर टेस्ट, एक दिवसीय र टि ट्वान्टी तीनवटै ढाँचाका प्रशिक्षक नियुक्त भएका हुन्।  यसअघि राहुल द्रविड भारतीय टोलीलाई प्रशिक्षण दिदै आएका थिए। उनको प्रशिक्षणमा भारतले हालै आइसिसी टी ट्वेन्टी विश्वकपको उपाधि जितेको थियो। गम्भीरको कार्यकाल साढे ३ वर्षको हुने छ। 

 

 

सम्बन्धित समाचार