२०८३ असार ३ गते , बुधबार
बिरिङ खोलाको पुल चर्कियो, सवारीसाधान आवागमन बन्द
झापाको खुदुनाबारी– शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण झापा अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी– शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो । उक्त पुलमा सवारी आवागमन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।