२०८३ असार ५ गते , शुक्रबार
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङमा भूकम्प गएको छ । आज बिहान पौने २ बजे ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ तापेथोक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।