२०८३ असार ३ गते , बुधबार

पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुई घाइते

sajilo news
रासस
२०८१ असार २५ गते , मंगलबार
पहिरोमा परी उदयपुरमा एक जनाको मृत्यु, दुई घाइते

उदयपुर । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन् ।

सम्बन्धित समाचार