२०८३ असार ३ गते , बुधबार

समाचार प्रभाव : मलेसियामा अलपत्र परेका भद्रपुरका लिम्बु स्वदेश फर्किए

sajilo news
झापा
२०८१ असार २५ गते , मंगलबार
समाचार प्रभाव : मलेसियामा अलपत्र परेका भद्रपुरका लिम्बु स्वदेश फर्किए

भद्रपुर । वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसियामा अलपत्र परेका झापा भद्रपुर नगरपालिका-४ का चन्द्रबहादुर लिम्बू स्वदेश फर्किएका छन् । भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा सोमबार नेपाल फर्काइएको सामीका कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए ।

लिम्बु वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्ष देखि कार्यरत थिए । उनी १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेको र बिरामी भएपछि अलपत्र परेका थिए । उनको स्वदेश फिर्ताको बिषयमा टाइम्स अफ प्रदेश लगायत सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेललगायतको ध्यान केन्द्रित भएको थियो ।

त्यसपछि नगरपालिकाको सामी कार्यक्रमले उनलाई सकुशल स्वदेश फिर्ताका लागि निरन्तर पहल गरेको कार्यक्रम संयोजक बुढाथोकीको भनाई छ । लिम्बु सन् २००१ मा मलेसिया गएका थिए । त्यहाँ उनी बिरामी परेपछि केलाङमै काम गर्दै आएका नेपाली युवा रोहण थापा क्षेत्रीले उद्धार गरी पहलको प्रयास गरेका थिए । 

यो पनि पढनुहोस् :

भद्रपुरका लिम्बु मलेसियामा अलपत्र, स्वदेश फिर्ताका लागि हारगुहार

सम्बन्धित समाचार