२०८३ बैशाख २३ गते , बुधबार

रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वाटरफाइनलमा

sajilo news
एजेन्सी
२०८१ असार १९ गते , बुधबार
रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वाटरफाइनलमा

रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। 

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए।

तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे। नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ। 

 

सम्बन्धित समाचार