२०८३ बैशाख २३ गते , बुधबार

जर्मनी युरोकपको अन्तिम आठमा

sajilo news
एजेन्सी
२०८१ असार १६ गते , आईतबार
जर्मनी युरोकपको अन्तिम आठमा

डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएरातिराति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो।

घरेलु टोली जर्मनीको जीतमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गर । पहिलो हाफको ३५ औँ मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो। फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो। त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन्। यस्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जीत सुनिश्चित गरे। 

गएराति नै भएको अर्को खेलमा साविक विजेता इटाली प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ। स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो।

सम्बन्धित समाचार