२०८३ बैशाख २३ गते , बुधबार

बोलिभियामाथि उरुग्वेको गोल बर्षा

sajilo news
एजेन्सी
२०८१ असार १४ गते , शुक्रबार
बोलिभियामाथि उरुग्वेको गोल बर्षा

कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। योसँगै १५ पटकको च्याम्पियन उरुग्वे एक खेल अगावै नकआउट चरणमा पुगेको छ। 

अमेरिकाको मेटलाइफ स्टेडियममा आज विहान भएको खेलमा उरुग्वेले एक पटकको च्याम्पियन बोलिभियालाई ५-० गोल अन्तरले हराएको हो। उरुग्वेको जितमा फाकुन्डो पेलेस्ट्री, डार्विन नुनेज, म्याक्सिमिालनो आराउजो, फर्डिको भेल्भर्डे  र रोड्रिगो  बेन्टाकौरले गोल गरे। 

बोलिभियालाई अधिकांश समय दबाबमा राखेको उरुग्वेले खेलको ८औँ मिनेटमा अग्रता लिएको थियो। त्यसपछि २१औँ, ७७औँ, ८१ र ८९ मिनेटमा गोल गर्‍यो।
ग्रुप सीमा रहेको उरुग्वे जितपछि ६ अंकका साथ तालिकाको शीर्षमा कायमै छ। र, क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

उरुग्वेले अब अर्को खेल आयोजक अमेरिकासँग खेल्नेछ। आजै भएको खेलमा पनमाले अमेरिकालाई २-० गोलले पराजित गरेको छ। पराजित अमेरिकाको भने नकआउट चरणको यात्रा भने कठिन बन्दै गएको छ।

क्वार्टरफाइनलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई जित्नै पर्ने दबाब छ। अमेरिकालाई हराएको पनमाको पनि तीन अंक रहेको छ। पनमाले अर्को खेलमा बोलिभियासँग खेल्नेछ। 

सम्बन्धित समाचार