२०८३ बैशाख २३ गते , बुधबार

यूरोकपको नकआउट समीकरण पूरा, यी हुन् १६ टोली

sajilo news
एजेन्सी
२०८१ असार १३ गते , विहीबार
यूरोकपको नकआउट समीकरण पूरा, यी हुन् १६ टोली

युरोपेली च्याम्पियनसिप (यूरोकप) को नकआउट समीकरण पूरा भएको छ।  गएराति समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो।

सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन्। हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्ल्कि समूह चरणबाटै बाहिरिए। 

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन्। यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्ने छन्। त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। यी मध्ये एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन्। शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।

सम्बन्धित समाचार