२०८३ बैशाख २३ गते , बुधबार

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

sajilo news
एजेन्सी
२०८१ असार १३ गते , विहीबार
अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

दक्षिण अफ्रिका नवौँ संस्करणको टी–ट्वेन्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। 

आज भएको खेलमा ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौँ ओभरमा लक्ष्य पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि रिजा हेनरिकले २९ तथा एडेन माक्रमले २३ रन जोडे। 

त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलव ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए।

दोस्रो सेमिफाइनलमा आजै भारत र इङ्ल्याण्ड आमने सामने हुनेछन्। यी दुईको विजेतासँग उपाधिका लागि शनिबार भिड्नेछन्। 

सम्बन्धित समाचार