२०८३ बैशाख २३ गते , बुधबार

स्पेन र इटाली युरोकपको अन्तिम १६ मा

sajilo news
एजेन्सी
२०८१ असार ११ गते , मंगलबार
स्पेन र इटाली युरोकपको अन्तिम १६ मा

युरोकपमा स्पेन अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको छ। गएराति ग्रुप बी अन्तरगको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुगेको हो। स्पेनका लागि एक मात्र गोल खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गरे। 

गएराति नै भएको अर्को खेलमा  अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ। ​ इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १–१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो।

क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो। मोड्रीच गोल गर्नु केही समय अघि पेनाल्टी गोल गर्न असफल रहे।  तर  इन्ज्यूरी समयको आठौ मिनेटमा माटिया जाकाग्नीले उत्कृष्ट गोल गर्दै इटालीको अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

क्रोएसियाको भने ३ खेलमा २ अंक मात्र भएको छ। तेस्रो भएको क्रोएसियाको उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना न्यून रहेको छ। अल्बानिया भने १ अंक सहित समूहको पुछारमा रह्यो। प्रतियोगिता अन्तरगत आज ग्रुप डीका अष्ट्रिया र नेदरल्याण्ड तथा फ्रान्स र पोल्याण्ड आमने सामने हुनेछन्। 

सम्बन्धित समाचार