अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा
अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो।
भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए। बलिङतर्फ भारतका अर्शदीप सिंहले ३, कुलदिप यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १(१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७ र रिषभ पन्तले १५ रन बनाए।
बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २/२ तथा जोश हेजलवुडले १ विकेट लिए।भारतले अब सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। अष्ट्रेलिया भने बाहिरिने सम्भावना बलियो बनेको छ। आज बिहान हुने अफगानिनस्तान गर बंगलादेशबीचको खेलले अष्ट्रेलियाको भाग्य निर्धारण गर्ने छ। अफगानिस्तानले जिते अष्ट्रेलिया बाहिरिनेछ।