२०८३ बैशाख २३ गते , बुधबार

अमेरिकालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

sajilo news
एजेन्सी
२०८१ असार १० गते , सोमबार
अमेरिकालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

टी-ट्वेन्टी विश्वकपको सुपर एटको समूह दुई अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ। योसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले दिएको ११६ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले विनाविकेटको क्षतिमा ६२ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो।

इंग्ल्यान्डका लागि जोस बटलरले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ३८ बलमा ६ चौका र ७ छक्का प्रहार गरे। अर्का ब्याटर फिल साल्टले २५ रन जोडे।

पहिलो इनिङमा अमेरिकाले १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। अमेरिकाका लागि नीतिशकुमारले सर्वाधिक ३० रन जोडे। उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए। कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए। यस्तै हरमित सिंहले २१, स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए।इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ह्यट्रिकसहित एकै ओभरमा ४ विकेट लिए।, साम करान र आदिल रसिदले २-२ तथा रिक्की टोप्ले र लियाम लिभिङस्टोनले १-१ विकेट लिए।

सम्बन्धित समाचार