२०८१ असार ६ गते , विहीबार

भद्रपुरमा ट्याम्पोसहित भन्सार छलीका सुर्ती बरामद

sajilo news
झापा
२०८१ जेष्ठ २८ गते , सोमबार
भद्रपुरमा ट्याम्पोसहित भन्सार छलीका सुर्ती बरामद

भद्रपुर । प्रहरीले भन्सार छलेर ल्याएको धुलो सुर्तीसहित इलेक्ट्रिक ट्याम्पो र चालकलाई नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भद्रपुर नगरपालिका-३ स्थित ज्ञानेचोकमा आइतबार साँझ ६ः४० मिनेटमा प्र १-०१-००२ ह २१६० नम्बरको इलेक्ट्रिक ट्याम्पोलाई रोकेर चेकजाँच गरेका थिए ।

प्रहरीले सो ट्याम्पोमा भारतबाट अवैध रुपमा नेपाल भित्राइएको सात बोरा धुलो सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बरामद गरिएको सुर्ती, ट्याम्पो र ट्याम्पो चालक हल्दिवारी गाउँपालिका-२ बस्ने वर्ष ४० को हरिपलाल राजवंशीलाई ६ लाख ७० हजार मूल्याङ्कन तोकेर सोमबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको छ । ट्याम्पो चालक राजवंशीले एक लाख ७० हजार धरौटी बुझाएर छुटेको जनाइएको छ । 

सम्बन्धित समाचार