२०८१ असार ६ गते , विहीबार

कोशी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

sajilo news
मोरङ
२०८१ जेष्ठ २१ गते , सोमबार
कोशी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो।

आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।  प्रतिनिधि सभामा अवरोध हटेकाले प्रदेश सभाको बैठकमा सहभागी हुने उनको भनाइ छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक कांग्रेसले बहिस्कार गरेको थियो।

यस्तै आजको बैठकमा महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प्रदान गरेको छ। 

सम्बन्धित समाचार