२०८२ असार २ गते , सोमबार

पेट्रोल र डिजेलको मूल्य घट्यो

sajilo news
झापा
२०८१ जेष्ठ १९ गते , शनिबार
पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। 

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेलको १५३ रुपैयाँ प्रतिलिटर पर्नेछ। नयाँ मूल्यसूची राति १२ बजेपछि लागू हुनेछ। 

सम्बन्धित समाचार