२०८३ बैशाख ३० गते , बुधबार

फेरि आवेदन दिँदा पनि सन्दीपलाई दिएन अमेरिकाले भिसा

sajilo news
झापा
२०८१ जेष्ठ १७ गते , विहीबार
फेरि आवेदन दिँदा पनि सन्दीपलाई दिएन अमेरिकाले भिसा

क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । बिहीबार अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका उनकाे  भिसा फेरि रिजेक्ट भएको हो ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सरकारले पनि कूटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो भने बुधबार काठमाडौँको माइतीघरमा उनलाई भिसा दिनुपर्ने माग गर्दै युवाहरूले प्रदर्शन पनि गरेका थिए ।

 

सम्बन्धित समाचार