२०८३ बैशाख ३० गते , बुधबार

एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर नगरपालिकाको सम्मान

sajilo news
झापा
२०८१ जेष्ठ १७ गते , विहीबार
एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर नगरपालिकाको सम्मान

भद्रपुर । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अन्डर १३ तर्फ अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा परेकी झापा भद्रपुरकी रिक्छेन गुरुङलाई भद्रपुर नगरपालिकाले सम्मानसहित सफल खेल जीवनका लागि बधाई ज्ञापन गरेको छ । रिक्छेनलाई एन्फाले महिला फुटबल प्रशिक्षणका लागि कोशी प्रदेशबाट छनोट गरेको हो ।

भद्रपुर- १ निवासी डम्बर बहादुर गुरूङ्गको छोरी रिक्छेन गुरूङ्गलाई बुधवार नगरपालिकामा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, कार्यपालिका सदस्य सीताकुमारी गुरूङ्ग, फुटबल प्रशिक्षकहरू भरतचन्द्र गुरूङ्ग, कर्ण लिम्बु लगायतको उपस्थितिमा बधाई ज्ञापन गरिएको थियो । प्रथम चरणमा केही खेल सामाग्रीसहित सम्मान प्रदान गरिएको र आगामी दिनमा नगरले आर्थिकसहित अन्य सहयोग समेत गर्ने नगर प्रमुख पोखरेलले बताए । 

सम्बन्धित समाचार