२०८३ बैशाख ३० गते , बुधबार

इलाम जिल्ला लीग : हेलिबोधमाथि माईभ्यालीको जित

sajilo news
इलाम
२०८१ जेष्ठ १५ गते , मंगलबार
इलाम जिल्ला लीग : हेलिबोधमाथि माईभ्यालीको जित

एन्फा इलाम जिल्ला लीगमा माईभ्याली फुटबल क्लब विजयी बनेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१ औ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे । दोस्रो हाफको १५ औ मिनेटमा सागर न्यौपानेले पेनाल्टी मार्फत गोल गर्दै माईभ्यालीलाई महत्त्वपूर्ण ३ अंक दिलाए । बुधबार ठुलो टुँडिखेलमा हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्र्पोटिङ क्लब र क्लब ओएसिस भिडेनछन् ।

सोमबारको खेलमा जित निकाल्दै रेडहर्स र देउरालीले समान ३/३ अक प्राप्त गरेका छन् । हेल्लो जस्बिरे र क्लब ओएसिस अंक विहीन छन् । देउमाई नगरपालिकाको छात्रावास खेल मैदानमा हेलिबोध फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिडेनछन् । हेलिबोध आजको खेलमा पराजित बनेर अंक विहीन रहँदा त्रिवेणी पहिलो खेल खेल्दैछ । 

 

सम्बन्धित समाचार