२०८१ बैशाख १८ गते , मंगलबार

गायिका एलिना चौहान आज बिर्तामोडमा प्रेमीसँग लगनगाँठो कस्दै

sajilo news
झापा
२०८१ बैशाख ५ गते , बुधबार
गायिका एलिना चौहान आज बिर्तामोडमा प्रेमीसँग लगनगाँठो कस्दै

बिर्तामोड । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग आज झापाको बिर्तामोडमा विवाह गर्दैछिन् । हिजो उनको हल्दी र मेहेन्दी समारोह गरिएको थियो ।

आज बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा उनको विवाह हुन गइरहेको हो । बिर्तामोड नगरपालिका ४ निवासी एलिनाको सोही पार्टी प्यालेसमा हल्दी र मेहेन्दी समारोह भएको थियो । मेहेन्दी उत्सवमा उनी निकट साथीभाइ र आफन्त उपस्थित थिए ।

विवाह हुने थलो बिर्ता पार्टी प्यालेस भव्य सजाइएको छ । आज बिहान एलिनाको भाइको व्रतबन्धपछि दिउँसो विवाह गर्ने कार्यक्रम तय भएको छ । मेहेन्दी उत्सवमा एलिना निकट गायिकाहरू मेलिना मैनाली र एन्जिला रेग्मी, मोडल रुविना अधिकारी, जुम्ल्याहा मोडल स्मारिका र समारिका पनि रहेका थिए ।

बेहुला विष्णु सापकोटा जन्ती लिएर बागलुङ बजारबाट हिजो नै हिँडिसकेका थिए । हिजै उनी झापा आइपुगेका छन् । लामो समयदेखिको प्रेमलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।

सम्बन्धित समाचार