२०८३ बैशाख ३० गते , बुधबार

दीपेन्द्रले हाने लगतार ६ छक्का, कतारविरुद्ध २११ रनको लक्ष्य

sajilo news
झापा
२०८१ बैशाख १ गते , शनिबार
दीपेन्द्रले हाने लगतार ६ छक्का, कतारविरुद्ध २११ रनको लक्ष्य

दीपेन्द्र सिंह ऐरीले लगतार ६ छक्का प्रहार गरेका छन्। कतारविरुद्ध खेलको अन्तिम ओभरमा ऐरीले कमरान खानलाई लगातार ६ छक्का प्रहार गरेका हुन्। १९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा अविजित ६४ रन बनाए। एसीसी प्रिमियर कपको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१० रन बनाएको हो।

नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। ४१ बल खेलेका उनले ६ चौकासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्लले ३५, रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ रन बनाए। त्यस्तै सन्दीप जोराले ७, गुल्शन झाले ५ र विवेक यादवले ५ रन बनाएर पेभेलिय फर्किए।

सम्बन्धित समाचार