२०८१ फाल्गुन ४ गते , आईतबार

मेचीनगरमा आज बृहत् सांस्कृतिक कार्यक्रम

sajilo news
झापा
२०८१ बैशाख १ गते , शनिबार
मेचीनगरमा आज बृहत् सांस्कृतिक कार्यक्रम

मेचीनगर । नयाँ वर्ष २०८१ सालको अवसरमा प्रतिभा टोल विकास संस्था मेचीनगर-८ ले बृहत् सांस्कृतिक कार्यक्रम गर्दै छ । बैशाख १ गते शनिवार साँझ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको साथमा नयाँ वर्ष २०८१ बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो ।

स्थानीय मक्कर चोकमा आज साँझ ७ बजेदेखि हुने नयाँ वर्ष २०८१ बृहत् सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकार श्रीकृष्ण लुइँटेल बोकेदाह्री, कोशी सींगिन एन्ड डान्सीङ स्टार विजेता रिया मगरको प्रस्तुति रहने प्रतिभा टोल विकास संस्थाका अध्यक्ष रोहित श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा द ब्लु डान्स एकेडेमी आमडाँगी, क्रेजी स्क्वाट डान्स सेन्टर काँकडभिट्टा साथमा स्थानीय कलाकारहरू राजेश धिमाल, निर्मल बास्तोला र तिलक मैनालीलगायतको कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।

नयाँ वर्ष २०८१ साललाई भव्य स्वागत गर्दै नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै स्थानीय प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्न नयाँ वर्ष २०८१ बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको प्रतिभा टोल विकास संस्थाका सचिव भूपाल बुढाथोकीले बताए । उनले उक्त कार्यक्रमको अवसरमा मेचीनगर ८ मा विगत दुई दशक अघिदेखि कला संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका एक जना व्यक्तिलाई नगदसहित सम्मान समेत गर्ने जानकारी दिए । 

सम्बन्धित समाचार