२०८३ बैशाख २३ गते , बुधबार
मेची क्याम्पसभित्र रहेको क्रिकेट मैदानको स्तरवृद्धिका लागि समिति गठन
भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस परिसरभित्र रहेको क्रिकेट मैदानको स्तरवृद्धि तथा संघसंस्थासँग सम्झौताका लागि पूर्व क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।
क्याम्पस व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले समितिको संयोजक श्रेष्ठसहित पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल, भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, सहप्राध्यापक होमप्रसाद सिटौला, क्याम्पसकै अतिरिक्त क्रियाकलाप प्रमुख डम्बरप्रसाद रेग्मी, प्राध्यापक सङ्घका अध्यक्ष लीला अधिकारी, कर्मचारी सङ्घका अध्यक्ष शङ्कर मैनाली र स्ववियु अध्यक्ष सन्देश धमलालाई सदस्यमा राखिएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीविक्रम राईको अध्यक्षतामा बसेको बैठकले समितिको सदस्य सचिवमा क्याम्पसका प्रशासक हेमराज प्रसाईँ रहेका छन् ।