२०८३ बैशाख २४ गते , विहीबार

पल्सर मोटरसाइकल चोर्ने लामा समातिए

sajilo news
झापा
२०८० चैत्र ८ गते , विहीबार
पल्सर मोटरसाइकल चोर्ने लामा समातिए

भोजपुर नगरपालिका–३ बाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार भोजपुर–५ का ३० वर्षीय विजय राईको को २४ प ८३५८ नम्बरको पल्सर मोटरसाइकल आफ्नै घर छेउमा पार्किङ गरी राखेको ठाउँबाट चोरी भएको थियो ।

चोरी भएको मोटरसाइकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेवा सडक खण्डबाट उक्त मोटरसाइकल सहित चोरीमा संलग्न भारत मणिपुर स्थायी घर भई हाल जिल्ला सिराहा गोलबजार बस्दै आएका ३१ वर्षीय चन लामा भन्ने छिरिङ ग्याम्बोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार