२०८३ असार १ गते , सोमबार

अर्जुनधारामा आगलागी, एउटा घर जल्यो

sajilo news
झापा
२०८० चैत्र ८ गते , विहीबार
अर्जुनधारामा आगलागी, एउटा घर जल्यो

झापाको अर्जुनधारा नगरपालिका २ बेलटारस्थित एक घरमा आगलागी भएको छ । बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा तीन वटा कोठामा आगलागी हुँदा अन्दाजी ५ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका असई हिरबहादुर राईका अनुसार बुधवार बेलुकी करिब साढे ९ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

आगलागी भएको करिब डेढ घण्टापछि बिर्तामोडको दमकल, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार