२०८३ बैशाख २४ गते , विहीबार

अदालत परिसरबाट हतियारसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८० चैत्र ६ गते , मंगलबार
अदालत परिसरबाट हतियारसहित दुई जना पक्राउ

सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुई जना पक्राउ परेका छन्। सर्वोच्च अदालतमा सुरक्षार्थ खटिएका प्रहरीले दीपक खड्का र राजकुमार धिताललाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट स्वचालिहत हतियार एक थान, म्याग्जिन दुई थान, ठूलो म्याग्जिन दुई थान, म्याग्जिन होल्डर एक थान र सय राउन्ड गोली बरामद गरिएको छ। 

शंका लागेपछि प्रहरीले उनीहरूको चेकजाँच गरेको थियो। उनीहरूले THULE SWEDEN लेखिएको कालो रंगको झोलाभित्र ARMERIA PARINI SRL-ITALY, MADE IN GARMAN- GSG-5 लेखिएको हतियार बरामद गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

सम्बन्धित समाचार