२०८३ जेष्ठ ३० गते , शनिबार

काँकडभिट्टामा घाइते भएका दुई प्रहरीलाई चार चक्के स्कुटर

sajilo news
झापा
२०८० चैत्र ५ गते , सोमबार
काँकडभिट्टामा घाइते भएका दुई प्रहरीलाई चार चक्के स्कुटर

झापा । विभिन्न समयमा घाइते भएका दुई जना प्रहरीलाई चार चक्के स्कुटर प्रदान गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो । 
इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्र कुँवर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा  ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरेका हुन् । एउटा स्कुटर मुल्य एक लाख ६० हजार रहेको जनाइएको छ । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले गरेका थिए ।
 

सम्बन्धित समाचार