२०८३ असार १ गते , सोमबार

हात्तीको आक्रमणबाट दुईजना घाइते

sajilo news
मोरङ
२०८० चैत्र ५ गते , सोमबार
हात्तीको आक्रमणबाट दुईजना घाइते

मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको हो । हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जंगली हात्ती १५-२० वटाको संख्यामा देखा परेका थिए ।

त्योमध्ये एउटा हात्तीले आक्रमण गरेको हो । घटनापछि हात्तीको बथान जंगलतर्फ लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार