२०८३ बैशाख २४ गते , विहीबार

झापामा सवारी ज्यान र लागू औषध मुद्दाका दुई फरार अपराधी

sajilo news
झापा
२०८० चैत्र ५ गते , सोमबार
झापामा सवारी ज्यान र लागू औषध मुद्दाका दुई फरार अपराधी

झापा । झापामा सवारी ज्यान र लागू औषध मुद्दाका दुई फरार अपराधी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-७ भई हाल दमक नगरपालिका- ८ बस्ने ३४ वर्षीय तिलमान चेम्जोङ र बुद्धशान्ति गाउँपालिका- १ का २७ वर्षीय सन्देश नेम्वाङ रहेका छन् । झापा जिल्ला अदालतले सवारी ज्यान मुद्दामा चेम्जोङलाई १० दिन र नेम्बाङलाई ६ महिना कैद सजाय तोकेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार