माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो।
उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 'हामीलाई माथिबाट निगरानी गर्ने भन्ने आदेश थियो। त्यहि अनुसार हामीले केही दिनयता निगरानी बढाएका थियौं। निर्देशनअनुसार रुपन्देही आएका महरालाई सीआईबीको सम्पर्कमा जानुस् भनेर भनेका थियौं।
उहाँ रोल्पाको कार्यक्रम छाडेर काठमाडौं फर्कनु भएको हो,' प्रहरी उच्च स्रोतले भन्यो, ‘हामीले नियन्त्रणमा राखेका होइनौं। तर, काठमाडौं पुगेपछि उहाँको फिजिकल एरेस्ट हुन सक्छ। गौतमबुद्ध विमानस्थलबाट यति एयरलाइन्सको वाई टी-८९२ नम्बरको फ्लाइटबाट उहाँ १०:२७ बजे काठमाडौं फर्किनु भएको हो।'
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो।