२०८३ भाद्र १० गते , बुधबार
मोटरसाइकलको ठक्करबाट साइकल यात्री चौहानको मृत्यु
मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे– १ स्थित पश्चिम बस स्ट्यान्डमा साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका– १० का चौहानलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। घाइते चौहानलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ।