२०८३ भाद्र ११ गते , विहीबार

भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

sajilo news
झापा
२०८० चैत्र ४ गते , आईतबार
भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागढी- ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।हावाहुरीको कारण बनको लागेको डढेलो बस्तीमा पस्दा आठ घर जलेर नष्ट भएका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो ।

मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको खापुङले बताए ।आगलागीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार