२०८३ भाद्र ११ गते , विहीबार

मोरङमा आगलागी, १९ घर जलेर ध्वस्त

sajilo news
मोरङ
२०८० चैत्र ३ गते , शनिबार
मोरङमा आगलागी, १९ घर जलेर ध्वस्त

मोरङको रंगेलीमा शनिबार दिउँसो आगलागी हुँदा १९ घर जलेर ध्वस्त भएको छ। रंगेली नगरपालिका-३ बाबू सहायक टोलका जंगली मुर्मुको गाई ग्वालीबाट दिउँसो २:२० बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ। अहिलेसम्म आगोले जलेर १९ घर ध्वस्त भइसकेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घरहरू बाँसको टाटीले बारेका र सेन्टीबेरा लगाएर बनाइएका थिए। घटनामा कति बराबरको क्षति भयो भन्ने यकिन छैन। क्षतिको विवरण संकलन गर्न बाँकी छ। प्रहरी, स्थानीय र विभिन्न ठाउँबाट आएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगोले सिंगो बस्ती ध्वस्त बनाएको छ।

सम्बन्धित समाचार