२०८३ भाद्र ११ गते , विहीबार

भद्रपुरबाट भन्सार छलेर भित्राइएको एक लाखको सुर्ती बरामद

sajilo news
झापा
२०८० चैत्र ३ गते , शनिबार
भद्रपुरबाट भन्सार छलेर भित्राइएको एक लाखको सुर्ती बरामद

झापा । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मुल्य बराबरको सुर्ती प्रहरीले बरामद गरेको छ ।  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सो मुल्य बराबरको सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१०३/७ सीमा पिलर छेउबाट तस्करहरूले टाउकोमा हालेर भित्राइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो । प्रहरीलाई देख्न साथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका थिए । 

बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार